३० आश्विन २०८३, शुक्रबार

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ पुस । रौटहटको चपुरबाट काठमाडौँ आउँदै गरेको सुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरडाँडाको ‘सिस्नेरी–काठमाडौँ’ सडकखण्डमा शुक्रबार दुर्घटना भएको थियो । २ जना घाइतेको उपचार भइरहेको छ ।

चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ आउँदै गरेकोे ना १ ज ३४३३ नम्बरको टाटासुमो सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा ३ जनाको घटनास्थलमै र थप ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी माउन्ट एभरेस्ट बोर्डिङ स्कुल चन्द्रनिगाहपुरका शिक्षक मनिस विक र उनकी श्रीमतीको पनि मृत्यु भएको छ । यसैगरी २ जना रौतहट नजरपुर, एकजना चन्द्रनिगाहपुर र अर्का एक व्यक्तिको मृत्यु भएको बताइएको छ । तीव्र गतिमा रहेको सुमो शुक्रबार साढे १२ बजे दुर्घटना भएको हो ।