३० आश्विन २०८३, शुक्रबार

पहिलो पाइला दमकद्धारा भाग्य बोक्ने झोला तथा न्यानो माया वितरण

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सुरुङ्गा, ११ पुस । पहिलो पाइला नेपाल दमकले झापाको कन्काइ नगरपालिका ८ लक्ष्मीपुर हिमाली माध्यमिक विद्यालयमा भाग्य बोक्ने झोला तथा स्वीटर र स्टेशनरी सामाग्री वितरण गरेको छ ।

पुस ११ गते आयोजना गरिएको भाग्य बोक्ने झोला तथा न्यानो माया अभियान कार्यक्रम मार्फत ५३ जाना विद्यार्थीलाई ब्याग, स्वीटर र स्टेशनरी सामाग्री वितरण गरिएको छ ।

छवि बास्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पहिलो पाइला दमकका सल्लाहकार राजु खड्का, छवि घिमिरे तथा स्कुल व्यवस्थापन समितिका अध्यक्ष कन्काइ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष स्कुल प्रधानाध्यापक केशव ओझा लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम सुसभ्य ढंगले सम्पन्न भएकाले पहिलो पाइला दमकका अध्यक्ष छवि बास्कोटाले सबैलाई धन्यवाद ज्ञापन गर्दै आउँदा दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।