
काठमाडौँ, ११ पुस । मङ्गोलियामा विषाक्त मदिरा सेवनले २६ जनाको मृत्यु भएको छ । पछिल्लो एक महिनामा राजधानी उलान बाटोरमा २६ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।
डिसेम्बरमा मात्रै उल्लेख्य संख्यामा रक्सी सेवनले मृत्यु भएको बताइएको छ । नयाँ वर्षको सुरुवातसँगै धेरै मदिरा सेवनले सो घटना बढेको हुन सक्ने जनाइएको छ ।
मङ्गोलियामा नयाँ वर्षको पूर्वसन्ध्यामा निजी तथा सार्वजनिक तवरबाट खानपिनसहितका विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरिएको हुन्छ । यस्ता कार्यक्रम रेष्टुरेन्ट, रात्री क्लव, बार लगायतमा ठूलो सङ्ख्यामा आयोजना गरिन्छ ।
यिनै कार्यक्रमहरुमा मानिसले धेरै रक्सी पिउने सम्भावना रहेको स्थानीयहरु बताउँछन् । –एजेन्सी















प्रतिक्रिया