
काठमाडौँ, ११ पुस । मिर्गौलाको नियमित डायलासिसका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् । शुक्रबार दिउँसो महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको डायलासिस गरिँदैछ ।
बालुवाटार स्रोतका अनुसार ओली नियमित चेकजाँच तथा डायलासिसका लागि लगिएको जनाइएको छ ।
१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि पछिल्लो समय प्रधानमन्त्री ओलीको नियमित डायलासिस भइरहेको छ ।















प्रतिक्रिया