
काठमाडाैं, ११ पुस । कजाकस्तानमा १०० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ । कजाकस्तानका हवाइ अधिकारीका अनुसार अलमाटी विमानस्थलबाट उडेलगत्तै बेक एअरको विमान दुर्घटना भएको हो ।
बीबीसीले जनाएअनुसार अहिलेसम्म १५ यात्रुको मृत्यु भएको पुष्टि भएको छ। बाँकी यात्रुको उद्धार भइरहेको छ।
दुर्घटनाग्रस्त विमान अलमाटीबाट राजधानी नुरसुल्तानका लागि उडान भर्दै थियो। टेकअफ गर्नेबित्तिकै टावरसँग सम्पर्क विच्छेद भएर विमान दुर्घटना भएको बताइएको छ।
अलमाटी विमानस्थलका अधिकारीहरुमा अनुसार विमानमा ९५ यात्रु र ५ जना क्रु मेम्बर थिए।दुर्घटनाग्रस्त विमानमा आगलागी भने नभएको बताइएको छ। दुर्घटनाग्रस्त विमान विमानस्थलनजिकै एउटा भवनमा ठोक्किन पुगेको छ।















प्रतिक्रिया