१ कार्तिक २०८३, आइतबार

कजाकस्तानमा शुक्रबार बिहान यात्रुवाहक जहाज दुर्घटना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ११ पुस । मध्य एसियाली मुलुक कजाकस्तानमा शुक्रबार बिहान एक यात्रुवाहक जहाज दुर्घटनामा परेको छ।

बेक एयरको फ्लाइट नम्बर २१०० को जहाज अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै एक बारमा ठोक्किएको थियो। त्यसपछि दुई तले घरमा बजारिएो जहाज टुक्राटुक्रा भएको छ।

राजधानी नुरसुल्तानका लागि उडेको जहाजमा ९५ यात्रु र पाँच चालक दलका सदस्य थिए। दुर्घटनामा परी सात जनाको मृत्यु भएको पुष्टि भएको छ भने जीवितहरूको उद्धार प्रयास जारी रहेको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।