३ कार्तिक २०८३, मंगलबार

संसदकाे बैठक आज बस्दै सूचना टाँसेर स्थगितकाे तयारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख चयनको विषय पेचिलो बनेकाे छ ।

नेकपामा सहमति जुट्न नसकेपछि आज बस्ने भनिएको संसद बैठक स्थगित हुने सम्भावना बढेको छ । संसद बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ । बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुने कार्यतालिका छ ।

नेकपाले सभामुख कसलाई बनाउने भन्ने टुंगो लगाउन नसकेका कारण आजको बैठक सूचना टाँस गरेर स्थगित हुने सम्भावना बढेको एक नेताले बताए ।

उपसभामुख शिवमाया तुम्वाहाम्फेले आज सुरु हुने बैठकअघि नै राजीनामा दिने भनिए पनि हालसम्म उनको राजीनामा आएको छैन ।