नयाँदिल्ली, ११ पुस । भारतकाे नयाँदिल्लीको जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयमा प्रहरी कारबाहीको १० दिनपछि पीपल्स यूनियन फर डेमोक्रेटिक राइट्सले यसमाथि एक फैक्ट फाइन्डिंग रिपोर्ट जारी गरेको छ ।
बिहीबार जारी गरिएको यो रिपोर्टको नाम ‘द ब्लडी सन्डे २०१९’ राखिएको छ । यसमा यो दाबी गरिएको छ कि दिल्ली प्रहरीले विद्यार्थीलाई १३ डिसेम्बरमा जुलुस निकाल्न रोक्यो र उनीहरुमाथि अत्यधिक र अन्धाधुन्ध लाठीचार्ज भयो ।
यसमा यो पनि लेखिएको छ कि जो छात्र उक्त प्रदर्शनमा सहभागी थिएनन् उनीहरुमाथि पनि हमला भयो ।
यो हिंसामा थुप्रै विद्यार्थीहरु घाइते भएका थिए, केहीलाई हिरासतमा पनि लिइएको थियो । रिपोर्टमा यो पनि लेखिएको छ कि प्रहरीको उदेश्य मात्र भीड नियन्त्रण गर्ने थिएन बरु विद्यार्थीहरुलाई चोट पुर्याउनु थियो ।
फैक्ट फाइन्डिंग रिपोर्टमा मथुरा रोड नजिकै भएको प्रहरी कारबाहीलाई बर्बरतापूर्ण भनिएको छ । यसमा भनिएको छ कि यस्तो कुनै प्रमाण छैन जसले यो प्रष्ट पारोस् कि प्रहरीले प्रदर्शनकारीहरूलाई रोक्न आग्रह गर्यो ।
रिपोर्टमा यो पनि भनिएको छ कि प्रहरी बिना अनुमति जामिया क्याम्पसमा प्रवेश गर्यो र त्यसको अग्रिम सूचना समेत क्याम्पस प्रशाससनलाई दिइएको थिएन । रिपोर्टमा भनिएको छ कि क्याम्पसमा जडित सिसि क्यामेराले प्रहरीको ज्यादती कैद गरेको छ ।















प्रतिक्रिया