नयाँदिल्ली । भारतको बनारस हिन्दू विश्वविद्यालय एक पटक फेरि चर्चामा आएको छ । हालैका दिनमा फिरोज खान घटनाले चर्चामा आएको विश्वविद्यालयमा अहिले भूत विद्याको पढाई सुरु हुने विषयले चर्चामा पाएको हो ।
यो विषयले बनारस हिन्दू विश्वविद्यालयको एक विभाग सामाजिक सञ्जालमा छाएको छ । बनारस हिन्दू विश्वविद्यालयमा एक नयाँ कोर्ष सुरु हुने क्रममा छ जसमा डाक्टरलाई मलाई भूत लागेको छ भनि उपचारमा आउने बिरामीको कसरी उपचार गर्ने भन्ने कुरा सिकाइने छ ।
‘म भूत देख्न सक्छु’ र ‘ममाथि भूत छ’ भनेर दाबी गर्नेहरुलाई कसरी उपचार गर्ने भन्ने कुरा डाक्टरलाई सिकाइने छ । ६ महिनाको यो कोर्ष सन २०२०को जनवरीदेखि सुरु हुने क्रममा छ ।
अधिकारीहरुका अनुसार यो कोर्षमा साइकोसोमैटिक डिस्अर्डरको बारेमा विशेष ढंगले पढाई हुनेछ जसमा असामान्य घटनाहरुलाई देखाइने छ । यो कोर्ष आयुर्वेद विभागले सुरु गर्न थालेको हो । बीएचयूका एक अधिकारीले भने कि विश्वविद्यालयमा भूतविद्याको एक छुट्टै इकाई स्थापित गरिएको छ ।
आयुर्वेद संकायकी डीन यामिनी भूषण त्रिपाठी भन्छिन् ‘भूत विद्या अन्तर्गत मुख्य रूपमा साइकोसोमैटिक डिस्अर्डरका बारेमा पढाईने छ । अज्ञात कारणले हुने बिरामी र मानसिक स्थितिको रोगसँग सम्बन्धित छन् ।
उनले यस्तो कोर्ष सुरु गर्ने बनारस विश्वविद्यालय देशको पहिलो भएको बताइन् ।













प्रतिक्रिया