
-प्रतिक पौडेल
भैरहवा, १० पुस । कपिलवस्तु गोटिहवाका समान्य किसान परिवारका हुन् क्रित राज प्रसाद चौधरी । ५ वर्ष अघिदेखि उनी समस्यामा थिए । उनको ४६ वर्षीय श्रीमती जुग्रा देवी चौधरीको शाररिक अस्वस्थताका कारण समस्यामा परेका हुन् ।
चौधरीले श्रीमतीको उपचारको लागि भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज देखि भारत स्थित लखनाउको प्रख्यात अस्पताल किङजोर्ज मेडिकल कलेज सम्म पुगे ।
नेपाल र भारतका करिव आधा दर्जन भन्दा बढी अस्पताल पुग्दा पनि श्रीमतीको रोग बारे केही पत्ता नलाग्दा चौधरी धेरै नै चिन्तित थिए । पुस २ गतेको दिन जुग्रादेवी लाई एकदम असहज भएपछि क्रितराजले गाउँको केही व्यक्तिको सल्लाहमा भैरहवा स्थित सिद्धार्थनगर सिटी अस्पताल ल्याउछन् ।
अस्पताल पुगेपछि शुरुमा सधै बिरामी परेर आउने अन्य बिरामी झै सोचिन्छ । जुग्रदेवीको रोग भने सधै अस्पतालमा आउने अन्य बिरामी भन्दा फरक हुन्छ । अस्पतालले करिव ५ दिनको उपचार पछि जुग्रादेवीको उपचार गर्न सफल हुन्छ ।
कसरी भयो त आधा दर्जन अस्पतालमा नभएको उपचार सिद्धार्थनगर सिटि अस्पतालमा ?
अस्पतालका जनरल फिजिसियन डा. अमित कुमार जयसवालका अनुसार जुग्रादेवीको रगतमा हुने प्लेटलेट्स एकदमै कम रहेको थियो जसका कारण उनको शरिर कमजोर हुँदै गएको थियो । जयसवालका अनुसार यस रोगलाई इम्युन थ्रोम्बोसाइटोपेनिया (आइटिपी) भन्ने गरिन्छ ।
प्लेटलेट रगतको एक सेल हो, जुन बोनम्यारोमा बन्छ । बोनम्यारोमा मेगाकेरियोसाइटबाट प्लेटलेट बन्ने गर्छ । प्लेटलेटको नर्मन काउन्ट शरीरमा १ लाख ५० हजारदेखि ४ लाख हो । प्लेटलेट रगत जमाउने तत्व हो । शरीरको कुनै भागमा चोट लागेमा त्यहाँ प्लेटलेट एकत्रित हुन पुग्छ र रगत जमाउन मद्दत गर्छ ।
जुग्रादेवीको रोग बारे भारतको किङजोर्ज मेडिकल कलेज पनि पत्ता लगाउन सफल भएको थिएन । जयसवालका अनुसार सिद्धार्थनगर सिटी अस्पतालमा आएपछी पहिलो कामनै रोग पत्ता लगाउने प्रयास भयो । रोग आइटिपीनै हो भन्ने पत्ता लागेपछी उपचारी विधि शुरु भयो ।
जुग्रादेवीको प्लेटसलेट काउन्ट शुरुमा १५ हजार मात्र रहेको थियो जसको कारण उनी शारीरिक रुपमा कमजोर भएकी थिइन् । अस्पतालले उपचार शुरु गरेको करिव ५ दिन पछि जुग्रादेवीको प्लेटलेट काउन्ट ८४ हजार पुग्यो जसको कारण उनी पहिले भन्दा धेरै ठिक हुदै गइन् ।
जयसवालका अनुसार प्लेटलेट काउन्ट सामन्य रुपमा मान्छेमा कम्तीमा १ लाख ५० हजार हुनुपर्ने भएपनि जुग्रादेवीको रगतमा १५ हजार रहेको देखियो जसको कारण उनि कमजोर हुँदै गइन् ।
हामीले उनको रोग पत्ता लगाए पछि उपचार शुरु गर्यौ जसको कारण उनको प्लेटलेट काउन्ट ८४ हजार पुगेको छ । जयसवालले ६ महिना सम्म उनको उपचार सँगै प्रशिक्षण चल्नेछ जुन अवधीमा उनको प्लेटलेट काउन्ट नर्मल बनाउने बताए ।
जयसवालले रोग रिल्याव्स हुने संभावना पनि रहने हुनाले आफुहरुको निगरानी रहने छ जसको लागी पहिलो पटक २८ दिन त्यसपछी १ महिना र ६ महिनामा फलोअपको लागी बोलाइने जानकारी दिए ।
के भन्छन् जुग्रादेवीका श्रीमान क्रितराज ?
क्रितराज अहिले श्रीमती अस्पतालको बेड बाट उठेर आफै यता उति गरेको देख्दा धेरैनै हर्षित छन् । आधा दर्जन भन्दा बढी नेपाल र भारतको अस्पतालमा धाउदा पनि रोग पत्ता नलाग्ने औषधीको थुप्रो मात्र बोकेर फर्कने गरेको बिगत सम्झिदै उनी डा अमित कुमार जयसवाल लाई धन्यवाद भन्छन् ।
यस्तै जुग्रादेवी डाक्टर जयसवाल लाई आफ्नै भाषामा भन्छिन् तपाई लाई भगवानले भलो गर्छन् ।
जुग्रादेवी बिगत स्मरण गर्दै सम्झन्छिन आफु हिड्न पनि सक्थेन निहुरिन पनि सक्थेन तर अहिले म ठिक हुदै गएको छु डाक्टर एकदम राम्रो छ मलाई सन्चो बनायो म धेरै ठाउ पुगे ठिक भएन यहा आएर ठीक भए । अस्पताल प्रबन्धक निर्देशक अर्जुन पौडेल भन्छन् – रगतको उपचारमा हामी अव्वल छौ भन्ने प्रमाणित भयो
अस्पताल प्रबन्धक निर्देशक अर्जुन पौडेलले रगतमा हुने रोगको उपचारमा सिद्धार्थनगर सिटी अस्पताल अव्वल भएको प्रमाणित भएको जानकारी दिनुभयो । पौडेलका अनुसार केही भए उपचारको लागी भारतमा गए राम्रो उपचार हुन्छ भन्ने मानसिकता धेरैमा रहेकोले यसको रोकथामको लागि जुग्रादेवीको उपचार उदाहरण हुने बताए ।
पौडेलले आफूहरुले भैरहवामा सुविधा सम्पन्न अस्पतालको भवन निर्माण अन्तिम चरण पुर्याएकोले अबको केही महिनामै यस क्षेत्रमै पहिलो पटक ट्रमा सेन्टर सहितको अत्याधुनिक अस्पताल शुरु गर्ने जानकारी दिए ।















प्रतिक्रिया