
काठमाडौं, १० पुस । कश्मीरको विवादित सीमा क्षेत्रमा भारतीय र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा दुईजना पाकिस्तानी र दुई भारतीय सुरक्षा फौजको मृत्यु भएको छ ।
दुबैतर्फका सुरक्षा फौजले भिडन्तमा आफ्ना सिपाहीको ज्यान गएको जनाएका छन् । पाकिस्तानी सेनाले आफ्ना सिपाहीको देवा क्षेत्रमा आक्रमणमा ज्यान गएको विज्ञप्तिमा जनाएको छ । त्यसपछि आफूहरुले गोली चलाएको पाकिस्तानी सेनाले उल्लेख गरेको छ ।
हाजी पीर सीमा क्षेत्रमा सीमा वारपार गोलीबारी भएको थियो । पाकिस्तानी सेनाले यस घटनालाई ’युद्धविरामको उल्लंघन’ भएको टिप्पणी गरेको छ ।















प्रतिक्रिया