
काठमाडौँ, ९ पुस । मोरङको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट मंगलबार एपीएफ टोलीले २ लाख ७० हजार भारतीय रुपैयाँसहित एक जनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी जिल्लाको देवानगंज गाउँपालिका ३ बस्ने ३० वर्षिय सन्तोषकुमार यादव छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले उक्त भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई गस्तीमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । उनको साथबाट सय दरको २ सय वटा, दुई सय दरको २ सय वटा र एक सय दरको १ हजार ३ सय वटा भारतीय नोट फेला परेको थियो ।
यादवलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको छ ।
त्यस्तै, सर्लाहीको बसबरिया गाउँपालिका ३ स्थित मधुवनी नयाँ सडक खण्डबाट वुधबार एपीएफ टोलीले करीव २ लाख १० हजार रुपैयाँ बराबरको सुर्ती बरामद गरेको छ ।
गोडैटाबाट जनकपुरतर्फ जाँदै गरेको ना ३ ख ५४६५ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा चार सय २० के.जी. सुर्ती सशस्त्र प्रहरी बल वेश मनुषमाराबाट खटिएको टोलीले बरामद गरेको हो ।
बरामद सुर्ती स्थानीय भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।















प्रतिक्रिया