३ कार्तिक २०८३, मंगलबार

उपप्रधानमन्त्री पदबाट उपेन्द्र यादवको राजीनामा आउने, समाजवादी सरकारबाट अलग हुने निर्णय

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । समाजवादी पार्टीले नेकपा नेतृत्वको सरकार छाड्ने निर्णय गरेको छ ।

संसदीय दलको बैठक बसेको पार्टीले संविधान संशोधनका विषयमा प्रधानमन्त्री सकारात्मक नभएको भन्दै आफ्ना अध्यक्ष उपेन्द्र यादवसहित मन्त्रिपरिषद्का अन्य सदस्यलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ ।

अध्यक्ष यादवले सरकारबाट राजीनामा दिएको घोषणा गर्ने भएका छन् । संविधान संशोधनको प्रस्ताव सोमबारको मन्त्रिपरिषद्को बैठकमा लगेका यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले झपारको विवरण सतहमा आएको थियो ।