३० आश्विन २०८३, शुक्रबार

ट्राफिक उज्यालो अभियानमा ६ हजारलाई सचेतना कक्षा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ३ महिने विशेष ट्राफिक उज्यालो अभियान मार्फत ६ हजार जनालाई सचेतना प्रदान गरिएको छ ।

‘समुदाय प्रहरी साझेदारी’ अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालक र सहचालक, स्कुल र कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न कार्यक्रम चलाएको छ ।

एक हप्तामा मात्रै सार्वजनिक भाडाका सवारी चालक र सहचालक ७०३ जना, ट्याक्सी चालक ७० जना, मोटरसाइकल चालक १,००६ जना, सिहदरवार स्थित विभिन्न मन्त्रालयका सरकारी चालक ६१२, नेपाली सेनाका चालकहरू ५७, पैदलयात्री २,६३५ र विद्यार्थी ८०१ गरी जम्मा ५,८८४ जनालाई ट्राफिक नियम र सडक अनुशासनबारे छर्लङ्गै हुने गरि प्रशिक्षित तुल्याएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनले भने – ‘हामीले कोर्सु नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरेका छौँ ।’

यस अभियान दैनिक रूपमा महाशाखा र मातहतका ४० ईकाइबाट ट्राफिक नियम सम्बन्धि पर्चा पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी ट्राफिक नियमबारे सचेतना दिएको, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा र स्कूल र कलेजका विद्यार्थीलाई विद्यालयमै गएर सचेतना कक्षा लिने गरिएको छ । ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म र्पुयाउने, सडक अनुशासनको

विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले यो अभियान शुरु गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

साथै उक्त अभियान सञ्चालनका लागि दैनिक प्रहरी अधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन छन् भने यस अभियान पुस १ गतेबाट सुरू भएको र फागुन मशान्तसम्म सञ्चालन हुने र अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिईने कार्यक्रम रहेको छ ।