
काठमाडौँ, ६ पुस । सर्वाेच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख नकाट्न अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले आइतबार सरकारका नाममा उक्त आदेश जारी गरेको हो ।
पूर्वसचिव द्वारिकानाथ ढुंगेल, रञ्जुहजुर पाँडे क्षेत्री, विजयकुमार सिंह दनुवार, पंकजकुमार कर्ण रवरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
इजलासले विपक्षीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, वन तथा वातावरण मन्त्रालय, प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश २ कै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई लिखित जवाफ दिन पनि आदेश दिएको छ ।
यसअघि नै सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलका रुख कटान नगर्न आदेश दिएको थियो । गत मंसिर २० गते न्यायाधीश टंकबहादुर मोक्तानको इजलाशले त्यस्तो आदेश दिएको थियो ।















प्रतिक्रिया