
काठमाडौँ, ६ पुस । विप्लव समूहद्धारा अपहरणमा गरिएका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको उद्दार गरिएको छ ।
विप्लव समूहका कार्यकर्ताले उनलाई आइतबार साँझ जंगलमा छाडेका हुन् ।
केही समय अघि विप्लव समूहले विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मा लिएको थियो । उनले अध्यक्ष शाहीले भ्रष्टचार गरेको, विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा उनलाई नियन्त्रण गरिएको दाबी गरिएको थियो ।
आइतबार विहान करिब २ बजे शाही र पत्नी इला शाहीलाई अज्ञात समूहले अपहरण गरेको थियो । उनीहरुलाई घरमा सुतिरहेकै बेला विप्लव समूहले अपहरण गरेको थियो । तर, दुई घन्टा हिँडेपछि इलालाई छाडिएको थियो ।















प्रतिक्रिया