आइतबार, ६ पुष २०७६
DainikNepal.com
आइतबार, ६ पुष २०७६

यस्ता छन् मुलाले दिने अनेकाै फाइदा

दैनिक नेपाल २०७६ पुष ६ गते ८:५५

काठमाडाैं । क्यान्सरदेखि गिजाबाट रगत आउने लगायत थुप्रै राेगकाे समस्या समाधान र मुलाले औंषधिकाे काम गर्छ ।

क्यान्सर जस्ता असाध्य रोगसँग लड्नु असम्भव मानिन्छ। मूलाको नियमित सेवनले क्यान्सरको जोखिम घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

मुलामा भिटामिन सी हुने हुँदा यसले शरीरका लागि चाहिने एन्टी अक्सिडेन्टको पनि पर्याप्त आपूर्ति गर्दछ । जसका कारण कोषका डिएनए नष्ट हुनबाट बचाउँछ ।

मूला तथा सागपातको सेवनले खासगरी पेट र आन्द्राको क्यान्सरको जोखिम कम गर्ने विशेषज्ञहरूले बताएका छन् ।

यसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । मूलामा पर्याप्त पोटासियम तत्व हुने भएकाले यसले शरीरमा सोडियम पोटासियम लवणको सन्तुलन कायम राख्न मद्दत गर्छ ।

रगतमा ग्लुकोजको मात्रा नियन्त्रित गरी मधुमेहको जोखिम पनि कम गर्छ ।

वजन नियन्त्रणका साथै मोटोपना घटाउन समेत सहयोग गर्छ । मुलामा निकै कम क्यालोरी र पर्याप्त फाइबर हुन्छ । १ सय ग्रामको मुलामा १६ क्यालोरी मात्र इनर्जी हुन्छ ।

दमका रोगीका लागि समेत मूलाको सेवन हितकर हुन्छ । मूलाको सेवनले स्वासनलीमा हुने एलर्जीको समस्या समेत कम गर्ने गर्छ ।

मुलाको नियमित सेवनले छालामा हुने विभिन्न खाले संक्रमणको जोखिम घटाउनुका साथै अनुहार र छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

मुलामा प्रशस्त फाइबर हुने भएकाले यसले पाचन प्रक्रियालाई नियमति गर्ने तथा कब्जियतको समस्या कम गर्छ । दाँतलाई स्वस्थ र चम्किलो बनाउन पनि मुलाको सेवन उपयोगी हुन्छ ।

मुलामा प्रसस्त मात्रामा पानी हुने भएकाले यसको सेवनले सरीरमा पानीको आपूर्ति पर्याप्त बनाएर मृगौलाजन्य रोगको जोखिम पनि घटाउँछ ।

गिजाबाट रगत आउने समस्या भएकाहरूका लागि मुलाको सेवन निकै फाइदाजनक हुन्छ । मुलाको रस सेवन गर्ने र मूलाकै रसले मुख कुल्ला गर्ने गर्नाले जीवाणुहरू नष्ट गर्न सहयोग गर्छ। जसले मुख गन्हाउने तथा गिजामा संक्रमण भै रगत बग्ने समस्या समेत कम हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित