३० आश्विन २०८३, शुक्रबार

विद्यालयलाई व्यापारिक केन्द्र बनाउनुहुँदैन : मुख्यमन्त्री पौडेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


हेटौँडा, ५ पुस । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्याको मन्दिर भनिने विद्यालयलाई व्यापारिक केन्द्र बनाउन नहुने बताउनुभएको छ ।

“शिक्षा दिन भनेर सञ्चालन गरिएका विद्यालयले किताब कापीलगायत शैक्षिक सामग्रीको व्यापार गर्नु हुदैन”, आज यहाँ आयोजित नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ प्रदेश नं.३ को दोस्रो साधारणसभामा उहाँले भन्नुभयो, “किताब बेचेर कमिसन खाने संस्थाले उचित शिक्षा दिन नसक्ने हुँदा यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।”

मुख्यमन्त्री पौडेलले भ्रष्टाचारलाई बढवा दिन प्रत्यक्ष वा अप्रत्यक्षरुपमा भए पनि स्टेसनरी व्यवसायीको भूमिका रहने भएकाले त्यसलाई सच्याइनुपर्ने उल्लेख गर्दै सुशानको अपेक्षा गर्नेले यसका विरुद्ध काम गर्न नहुने बताउनुभयो ।

“रु ५० को सामान किन्दा रु ५०० को बिल दिने प्रवृत्ति अन्त्य गर्नुहोस्, सामान अनुसारको बिल दिन्छु भनेर साङ्गठनिकरुपमा तत्पर हुनुहोस्, त्यो भ्रष्टाचार नियन्त्रणका लागि ठूलो कदम हुनेछ”, उहाँले भन्नुभयो, “भ्रष्टाचारीलाई प्रेरित गर्ने खालको शैली अपनाएर देशमा भ्रष्टाचार मौलायो भनेर अरुलाई दोष दिने परिपाटी बन्द गर्नुहोस् ।” –रासस