
डडेल्धुरा, ५ पुस । अमरगढी नगरपालिका डडेल्धुराले पर्यटन वर्ष सन २०२० लाई लक्षित गरि घुम्न जाउ अमरगढी अभियानको थालनी गरेको छ ।
सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने अभियानलाई सफल बनाउनका लागि विभिन्न स्थानीय तहहरुले भ्रमण वर्षका लागी आफ्ना योजनाहरु अगाडी बढाईरहेका छन् ।
नेपाल पर्यटन वर्षलाई सफल पार्न र पर्यटकीय क्षेत्रबाट डडेल्धुराको विकासका लागि अभियानका थालनी गरिएको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर प्रसाद ओझाले बताए । उनले भने अमरगढी भित्र आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै २१ वटा विभिन्न गतिविधिहरु संचालन गरिरहेका छौ ।
नेपाल भ्रमण वर्षका लागि अमरगढी नगरपालिका भित्रका ११ वटा क्षेत्रहरु समेटिएका छन् ।
अमरगढी किल्ला, उग्रतारा मन्दीर, घटाल स्थान, सहश्रलिङधुरा, भिमदत्त आदर्श वस्ती, रावलतोली गुफा, कस्याको टाकुरा, डोट्याली संग्राहालय र अमरगढी पार्क लगायतका क्षेत्रहरुको प्रचार प्रसार गरि पर्यटकहरुलाई भित्र्याउने लक्ष्य अमरगढी नगरपालिकाको रहेको छ ।
पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसारका लागी विभिन्न स्थानहरुमा होडिङ बोर्ड राख्ने, पथ प्रदर्शकको व्यवस्था तथा तालिम दिने, विभिन्न स्थानीय झाकि सहितको होमस्टे संचालन गर्ने, अमरगढी कोसेली घर निर्माण गर्ने, पर्यटकलाई लक्षित गरि पर्यटक सुचना केन्द्र स्थापना गर्ने गरि घुम्न जाउ अमरगढी अभियानको थालनी गरिएको नगर प्रमुख ओझाले बताए ।
आन्तरिक तथा बाह्य पर्यटकहरुलाई डडेल्धुरामा पुग्न सक्ने वातावरण सृजना गरी उनीहरुले डडेल्धुराका पर्यटकिय क्षेत्रको अवलोकलन गराउनका लागी स्थानीय निकायले विशेष जोड दिनु पर्ने नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मान बहादुर साउदले बताए । उनले भने भएका पर्यटकिय क्षेत्रहरुको व्यवस्थापन र पर्यटक संग गरिने व्यवहारले पनि पर्यटन क्षेत्रमा असर पर्ने गर्दछ ।
पर्यटक भित्र्याउनका लागी परम्परागत शैलीबाट प्रचार प्रसार नगरि स्मार्ट प्रविधिको अधिकतम प्रयोग गर्ने र पर्यटनसँग सरोकारवाला निकायहरुलाई समेत समन्वयमा ल्याई डडेल्धुरा जिल्लामा पर्यटक भित्र्याउन सकिने सहभागीहरुले सुझाव दिएका छन् ।















प्रतिक्रिया