३० आश्विन २०८३, शुक्रबार

जर्मनी नागरिकको नगदसहित हराएको सामान फिर्ता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ पुस । पर्यटक प्रहरीले जर्मनी नागरिकको हराएको नगद र सामान फेला पारेर सम्बन्धित धनीलाई नै फिर्ता गरेको छ । जर्मनी नागरिक मुहल पियुस् मोरीटिजको हराएको नगद र पासपोर्ट (राहदानी) सहितको झोला फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको हो ।

शुक्रबार बिहान ठमेलबाट नयाँ बसपार्क जाने क्रममा उनको सामान ट्याक्सीमा छुटेको थियो । मोरीटिजले सामान हराएको निवेदन दिएपछि पर्यटक प्रहरीले खोजी गरेर फिर्ता गरेको हो ।

पर्यटक प्रहरीले सामान खोज्ने क्रममा बा १ ज ८४७६ नम्बरको ट्याक्सीमा रु एक लाख, मोबाइल र पासपोर्टलगायत सामान भेटिएको थियो । ट्याक्सी चालक रामेछापका २८ वर्षीय हरि श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

पर्यटक प्रहरीले यसअघि पनि विदेशी नागरिकका हराएका विभिन्न सामान तथा नगद फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गर्दै आइरहेको पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले राससलाई जानकारी दिनुभयो । –रासस