
वीरगञ्ज, ४ पुस । प्रहरीले जलाउँदै गरेको एक महिलाको शव बरामद गरेको छ ।
प्रहरीले बाराको पचरौता नगरपालिका–१ पिपरपातीको जमुनी खोला नजिक दशगजा क्षेत्रमा मालती देवीको शव जल्दै गरेको अवस्थाबाट नियन्त्रणमा लिएको हो । मालती स्थानीय रामदयाल महतोको श्रीमती हुन् ।
महतोको घरदेखि केही पर सीमा नजिकै उक्त शव फेला परेको प्रहरीले जनाएको छ । मालतीको हत्या भएको आशंकामा शव नियन्त्रण गरिएको बारा प्रहरीले जानएको छ । रामदयाल दुई सन्तानसहित फरार छन् ।
हत्या गरी शव जलाइएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । जलाउँदै गरेको शव छोडेर घरका सबै भागेपछि घटना झन् शंकास्पद बनेको प्रहरी बताउँछन् ।















प्रतिक्रिया