३० आश्विन २०८३, शुक्रबार

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प, भारत र पाकिस्तानमा पनि धक्का महशुस

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ पुस । अफगानिस्तानमा शुक्रबार अपरान्ह् ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (युएसजीएस) ले शुक्रबार जनाएको छ ।

भूकम्पको धक्का दक्षिण एशियाली मुलुकहरू अफगानिस्तान, पाकिस्तान र भारतमा महशुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भूकम्पको केन्द्रविन्दू अफगानिस्तानको उत्तरी राज्य बदखासनको जुर्मबाट ५१ किलोमिटर दक्षिणपश्चिममा २०० किलोमिटरको गहिराईमा रहेको विभागले जनाएको छ ।

स्थानीय समय अनुसार साँझ ५ः१५ बजे अफगानिस्तानको राजधानी काबुल, पाकिस्तानको इस्लामावाद, भारतको नयाँ दिल्लीलगायतका स्थानमा भूकम्पको धक्का केही सेकेण्ड गरिएको थियो ।

भूकम्पपछि ठूला भवनहरूमा काममा व्यस्त स्थानीयहरूबीच भागदौड भएको थियो । भूकम्पबाट कुनै क्षति भएका सूचना समाचार तयार पार्दासम्म प्राप्त भैसकेका छैनन् । –रासस