३० आश्विन २०८३, शुक्रबार

अवैध सालको काठ बरामद

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दाङ, ४ पुस । प्रहरीले दाङमा अवैध सालको काठ बरामद गरेको छ । शान्तिनगर गाउँपालिका ५ रगैचास्थित रा १ ज ७१७ नम्बरको पिकप जीपमा अमुवादेखि रगैचा लैजाँदै गरेको अवस्थामा सालको १७ गोलिया प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय खिलतपुरको टोलीले उक्त काठसहित जीप र चालक राज केसीलाई नियन्त्रणमा लिएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।