३० आश्विन २०८३, शुक्रबार

प्रभुु र समृद्धि क्यापिटल लिमिटेड गाभ्ने/गाभिने प्रारम्भिक सम्झाैता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ पुस । प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिई कारोबार गर्ने प्रस्तावसहित मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

दुवै कम्पनीहरु नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापकको अनुमतीपत्र प्राप्त हुन ।

बिहीबार एक समारोहबीच प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एल पी भानु शर्माले हस्ताक्षर गरेका हुन् ।

उक्त समारोहमा प्रभु बैंक लिमिटेडका अध्यक्ष देवि प्रकाश भट्टचन, प्रभु बैंक लिमिटेडका सञ्चालकहरु रमेश सिंह खडका, अम्बिका शर्मा लामिछाने, प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटल लिमिटेडका सञ्चालक/प्रवर्द्धकहरु तथा समृद्धि क्यापिटल लिमिटेडका अन्य सञ्चालक/प्रवर्द्धकहरुको उपस्थिती थियो ।

मर्जर पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमती भएको र मर्जर पश्चात ८० करोड भन्दा बढी चुक्ता पूँजी हुने छ ।

हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतीपत्र प्राप्त मर्चेन्ट बैंकरको संख्या ३१ रहेको र मर्चेन्ट बैकिङ्ग व्यवसायमा अत्याधिक प्रतिष्पर्धा रहेकोले ठूलो पूँजीसहित सवल संस्था मार्फत प्रतिष्पर्धी सेवा प्रदान गर्ने उद्देश्यसहित मर्जरका लागि अगाडी बढाईएको र यस बाट अन्य संस्थालाई पनि मर्जरमा जानको लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।