३० आश्विन २०८३, शुक्रबार

अपहरणमा परेकाको सकुशल उद्धार, अपहरणमा संलग्न ५ जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३ पुस । अपहरणमा परेका २१ वर्षीय नरेश थापा मगरलाई बुधबार दिउँसो प्रहरीले सकुशल उद्धार गरेको छ । रामेछाप दोरम्बा गाउँपालिका ५ घर भएका मगर काठमाडौं टोखा नगरपालिका ३ डेरामा बस्थे ।

साथै अपहरणमा संलग्न रहेको अभियोगमा ५ जनालाई हेटौंडा उपमहानगरपालिका ९ लामसुरेबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका ६ बस्ने २४ वर्षीय किसन गुरुङ, सोही ठाउँ बस्ने २९ वर्षीय आशिक लामा, काठमाडौं महानगरपालिका ३ बानेश्वर बस्ने धनगढी घर भएका २४ वर्षीय आशिष सिजापती, कन्चनपुर श्रीपुर गाउँपालिका ६ बस्ने २९ वर्षीया सुनिता धामी र मकवानपुर हेटौँडा उपमहानगरपालिका ९ लामसुरे बस्ने चितवन मेघौली घर भएकी ३६ वर्षीया सरस्वती तामाङ रहेका छन् ।

बुधबार बिहान अमलेखगंजबाट काठमाडौँ जान भनी हेटौंडातर्फ जाँदै गरेको बा.२ ज ५९५ नम्बरको ट्याक्सीमा सवार मध्येका मगरलाई बा.२ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका व्यक्तिहरूले अपहरण गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका ४ बस्ने काभ्रे मंडल देवपुर नगरपालिका ९ घर भएका २८ वर्षीय सरोज सापकोटालाई कुटपिट गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयहरूबाट तत्कालै खटिएको प्रहरीले मगरलाई हेटौंडा उपमहानगरपालिका ९ लामसुरेस्थित सरस्वती तामाङको घरमा बन्धक बनाइरहेको अवस्थामा फेला पारी सकुशल उद्धार गरेको हो ।

साथै अपहरणमा संलग्न उनीहरूलाई अपहरण कार्यमा प्रयोग गरिएको ट्याक्सी सहित पक्राउ गरी उनीहरु उपर अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनामा संलग्न फरार रहेका अन्य ४ जना व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।