
काठमाडौँ, ३ पुस । सरकारले मंसिर ३० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेको छ । यहीक्रममा सरकारले दुई सचिवको सरुवा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अतिरिक्त समूहका सचिव बालकृष्ण घिमिरेको सुदूरपश्चिम सरुवा गरेको छ भने सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।
यस्तै, सरकारले सेनाका सहायक रथी निर्मलकुमार थापालाई उपरथी, महासेनानी नारायण सिलवाललाई सहायक रथी र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा बढुवा गरेको छ ।
मंसिर ३० गतेको मन्त्रिपरिषदका २१ निरर्णयहरु:

















प्रतिक्रिया