
काठमाडौँ, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली बिहीबार दिउँसो महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टरमा पुगेका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओली नियमित डायलासिसका लागि अस्पताल पुगेको जनाए ।
प्रधानमन्त्री ओलीको मिर्गौलामा खराबी भएपछि नियमित डायलसिस गर्न थालिएको हो ।
प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको हो । त्यस्तै, एपेन्डिसाइटिस भएपछि मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा नै १० मंसिरमा शल्यक्रिया गरिएको थियो ।
प्रधानमन्त्री ओली १९ मंसिरमा अस्पतालबाट डिस्चार्ज भएका थिए । त्यसपछि उनले २४ मंसिरमा डायलासिस गराएका थिए ।















प्रतिक्रिया