
काठमाडौँ, २ पुस । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मनोविज्ञानको केन्द्रीय विभागमा एक दिने आर्ट बेसड थेरापी कार्याशाला सम्पन्न भएको छ । विभागको आयोजनामा सम्पन्न कार्याशालामा भारतको बैँगलोरमा रहेको स्नेहाधारा फाउन्डेशनकी कार्यकारी निर्देशक गीताञ्जली सरांगनले सहजीकरण गरेकी थिइन् ।
मनोविज्ञानका विद्यार्थीहरुलाई आउँदो दिनमा परामर्शलगायतका पेशागत कार्यमा सघाउ पुग्ने उद्देश्यले तालिम राखिएको विभागीय प्रमुख प्राध्यापक डा. रिता श्रेष्ठले बताइन् ।
आफ्नै प्राकृतिक कलाहरुको सदुपयोग गर्दै जीवनलाई बदल्ने सुत्रको रुपमा यसलाई लिने गरिएको सहजकर्ता बैँगलोरकी गीताञ्जली सरांगनले बताइन् ।
विभिन्न किसिमका मस्तिष्क जन्य रोगहरु डाउन सिन्ड्रोम, अटिज्मबाट पीडितलाई समेत आफ्नो हेर्ने, सुन्ने, बोल्ने, चल्ने कलाको माध्यमबाट उल्लेखनीय सुधार ल्याउन सकिने अनुभवहरु प्रशिक्षक सरांगनले सुनाइन् । शिक्षा क्षेत्रमा विशेष वरदान सावित हुन सक्ने उनको भनाइ थियो ।

कार्याशालामा मनोविज्ञानका करिब ४५ जना विद्यार्थीहरुको उत्साहप्रद सहभागीता रहेको थियो ।















प्रतिक्रिया