बुधबार, २ पुष २०७६
DainikNepal.com
बुधबार, २ पुष २०७६

बदामका यस्ता छन् फाइफा

दैनिक नेपाल २०७६ पुष २ गते ८:००

काठमाडौं । नेपाली समाजमा अलमण्डलाई मधेसी बदामको नामले चिनिन्छ । यो मध्यम रुखमा फल्ने फल हो । मधेसी बदामलाई चिनियँ बदाम पनि भनिन्छ ।

मधेसी बदाममा फाइबरको मात्रा बढी हुनुका साथै भिटामिन ई, म्याग्नेसियम, सिलिनियम, क्याल्सियमजस्ता मिनरल भरपुर मात्रामा पाइन्छन् ।

मधेसी बदाममा पिसाब खुलाउने, पेट सफा गर्ने, शरीरलाई पोषण दिने, दुखाई कम गर्ने, नशालाई सक्रिय राख्ने र शरीरको भित्री भाग सुन्निएको वा चिलाएर दुखेको निको पार्ने क्षमता हुन्छ । दिनहुँ यसको प्रयोगले आँखाको समस्या निको पार्न मद्धत गर्छ ।

भिटामिन ई को मात्रा धेरै हुन्छ । मानिसको शरीरले सबै भिटामिन आफै उत्पादन गर्न सक्दैन् । मधेसी बदाममा पाइने म्याग्नेसियमले मेटाबोलिक सिन्ड्रोम, उच्च रक्तचाप, शरीरको तौल घटाउने, शरीरमा उत्पन्न भएका अनावश्यक बोसोलाई हटाएर मधुमेहजस्ता रोगको निराकरण गर्न मद्धत गर्दछ ।

दैनिकरुपमा दुईदेखि तीनवटा बदाम खाने बानी गर्ने हो भने मुटु सम्बन्धी रोग, ब्लड सुगर आदिको लागि फाइदा गर्छ । सुत्केरी महिलालाई बदामले अझै धेरै फाइदा गर्छ । अधिकांश महिलाले गर्भावस्थामा बदाम खाने गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित