२८ आश्विन २०८३, बुधबार

हाँसहरूले अदालतबाट मुद्दा जिते

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस । फ्रान्सको दक्षिण–पश्चिमी नगर डाक्समा हाँसहरूले मुद्दा जितेका छन्। कृषक डोमिनिक डाउथका पाँच दर्जन हाँसका पक्षमा अदालतले फैसला गरेको हो ।

पाइरेनेस हिम शृंखलाको काखमा रहेको डाक्स नगरमा डोमिनिकले हाँस पालेकी छिन्। एक वर्षअघि राजधानी पेरिसनिवासी एक जना धनाढ्यले डोमिनिकको घरनजिकै अलिकति जमिन किनेका थिए ।

किसानका हाँस कराएर बसिटिक्न नसकेको भन्दै ती धनाढ्यले अदालतमा मुद्दा हालेका थिए। उनका वकिलले अदालतमा हाँसहरूको आवाजले आफ्नो पक्षको मान्छेको दिनचर्या नै बिथोलिदिएको बताएका थिए।

धनाढ्यले किसान डोमिनिकले हाँस पाल्न छोड्नुपर्ने र ३५ सय युरो हर्जाना तिर्नुपर्ने माग गरेका थिए । अदालतले डोमिनिक अर्थात् हाँसहरूको पक्षमा फैसला गरेको छ र ती धनाढ्यलाई लोप्पा खुवाइदिएको छ ।

हाँसहरूको आवाजविरुद्ध मुद्दा हाल्ने धनाढ्यको परिचय खुलाइएको छैन ।