
रौतहट, १ पुस । रौतहटको चन्द्रनिगाहपुर गौर सडक खण्डमा टिपरको आतंक बढ्दै जान थालेको छ । सो सडकमा हिड्ने र यात्रा गर्ने नागरिकहरु जुनसुुकै समयमा टिपरका कारण मृत्युको मुखमा पर्न सक्ने सम्भावना बढ्दै जान थालेका छन् ।
टिपर चालकको चरमलपावाहीका कारण सर्वसाधारण आतंकित बनेका हुन् । टिपर तीव्र गतिमा कुदाई रहेका कारण खतराको जोखिम बढेको हो ।
चरम लापारवाही र तीव्र गतिमा टिपर चालकले टिपर चलाई रहेदा समेत जिल्ला टूाफिक कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रण गर्न नसकेको चन्द्रपुरका स्थानीय बासिन्दा अर्जुन नौपानेले बताएका छन् । सडकमा टिपर आउँदा ज्यानै मार्न आएको जस्तो असुरक्षित महसुस हुन थालेको यात्रुहरुले बताएका छन् ।
रोडा, बालुवा, गिटीजस्ता निर्माण सामग्री ओसारपसारमा उपयोग गरिने टिपरलाई टूाफिक प्रहरीले समेत केही वास्ता नगरेको गुनासो बढेका छन् । स्थानीय भन्छन् टूाफिक प्रहरीले टिपर चालकहरुसँग मोटो रकम लिएर लापारवाही गरी चलाउन दिएको हो ।















प्रतिक्रिया