३० आश्विन २०८३, शुक्रबार

बर्दियामा ४ महिनामा ६७ जना लागु औषधसहित पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, १ पुस । बर्दिया प्रहरीले चार महिनाको अवधिमा लागु औषधसहित ६७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चालु आर्थिक वर्ष २०७५/०७६ को पछिल्लो चार महिनामा विभिन्न मितिमा ८६ किलो लागु औषधसहित ७ जना, ब्राउनसुगर ४०.३ ग्रामसहित ४५ जना र नाईट्राभेट ३ सय ४५ ग्राम सहित ९ जना गरी ६७ जनालाई पक्राउ गरेको हो ।

यस्तै, बढैयाताल गाउँपालिका २ फुटाबाट मंगलबारमात्रै प्रहरीले १७ किलो चरेस सहित दुई जनालाई पक्राउ गरेको छ ।

रोल्पा जिल्ला रोल्पा गाउँपालिका ६ कोर्चाबाङ्ग का २३ वर्षीय सजिन विक र सोही ठाउँकी २४ वर्षीया निर्मला बुढामगरलाई शंकास्पद रुपमा हिडिरहेको अवस्थामा रोकेर चेकजाँच गर्दा लागु औषध चरेश फेला परेको हो ।

पक्राउ परेको दुवै जनाबाट प्रहरीले भारु पाँच हजार रुपैयाँ र दुई थान मोबाइल सेट पनि बरामद गरेको छ । उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।