३० आश्विन २०८३, शुक्रबार

नेकपा मकवानपुरको नेताको जिम्मेवारी बाँडफाँट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मकवानपुरले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । नेकपाले प्रतिनिधिसभा, प्रदेशसभाका निर्वाचन क्षेत्र, दश वटै स्थानीय तह , विभिन्न विभागीय जिम्मेवारी र सङ्गठन तर्फको जिम्मेवारी समेत तोकेको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रामेश्वर रानाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा पूरा गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको चर्चा गर्दै लोकतन्त्रलाई आत्मसात् गरेर काम गर्न आग्रह गर्नुभयो ।

जिल्ला अध्यक्ष मुनु सिग्देलले पार्टीले स्थानीय तहस्तरकोे प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जानकारी दिँदै स्थानीय तहहरुले निर्वाचन घोषणापत्रमा उल्लेख गरेअनुसारका काम गर्नुपपर्छ भन्नुभयो । –रासस