काठमाडौं, १ पुस । शिव मन्दिर टोलसुधार समिति धापासीको चौथो साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
खुशीराम पाण्डेकाे अध्यक्षतामा सर्वसम्मत रुपमा निर्बाचित उपाध्यक्षमा देवीराम अर्याल, सचिवमा सागर प्रधान, सहसचिवमा पुष्पा भुसाल, कोषाध्यक्षमा मीना शर्मा र सदस्यहरूमा डा.सन्तोष नेपाल, प्रकाश बानियाँ, मञ्जु रायमाझी, कुमार कुँवर रहेका छन् ।
साधारणसभाले सल्लाहकारहरूमा बरिष्ठ पत्रकार टंक पन्त, अधिबक्ता सूर्यकुमार बिमली, समितिमा निबर्तमान अध्यक्ष ध्रुबबन्धु अर्याल, बासु रेग्मी र राधाप्यारी केसीलाई चयन गरेको छ ।
साधारणसभाले निबर्तमान सचिब युगेश्वर रेग्मीले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाध्यक्ष मीना शर्माले प्रस्तुत गरेका थिए । कोषाध्यक्षको प्रतिबेदनलाई छलफल गरी पारित गरेको थियो ।
साधारणसभाले टोल सुधारका लागि नयाँ कार्ययोजना सहितका महत्वपूर्ण प्रस्ताब पारित गरेको छ ।
साधारणसभामा अध्यक्षमण्डलका अध्यक्ष टंक पन्त, सदस्य सन्तोष नेपाल र सरस्वती बराल एवं निर्बाचन समितिमा पनि टंक पन्त, सूर्यकुमार बिमली र बासु रेग्मी रहेका छन् ।
त्यसअघि ध्रुबबन्धु अर्यालको अध्यक्षतामा भएको उद्धघाटन शत्रमा टोखा ६ का वडाध्यक्ष महेश्वर केसी, सदस्य शान्ता पौडेल, चन्द्र श्रेष्ठ, अनोजबिक्रम थापा, पुष्पा भुषाल लगायतले टोल सुधार र बिकासका बारेमा धारणा राखेका थिए ।












प्रतिक्रिया