५ कार्तिक २०८३, बिहिबार

वामदेवले भने : म अलग्गै दस्तावेज बुझाउँछु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १ पुस । नेकपाकाे सचिवालय सदस्य वामदेव गौतमले आफूले पार्टीमा अलग्गै दस्तावेज लेखिरहेको बताएका छन्।

गत वर्षको स्थायी समिति बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनप्रति फरक मत राखेका गौतमले चालु बैठकमा पनि कार्यदिशाको स्पष्टताका लागि दस्ताबेज लेखिरहेको बताएका हुन्।

‘म बैठकलाई जानकारी गराउनु चाहन्छु, पार्टीले अहिले लिन खोजेको कार्यदिशाले अस्पष्टता ल्याउँछ। म यस विषयमा बोल्दै आएको छ। त्यसैलाई लेख्दै पनि छु’, गौतमले बैठकमा भनेका थिए। उनले पार्टी कार्यदिशाप्रति सैद्धान्तिक रूपमा असहमति जारी रहने बताएका थिए।

नेकपाले तत्कालीन एमाले र माओवादीबीचको पार्टी एकतापछि नेकपाले ‘जनताको जनवाद’ लाई पार्टीको राजनीतिक कार्यदिशा बनाउँदै आएको छ।

‘जनताको जनवाद भनेको अष्पष्टता भयो। यो भनेको अर्धसामन्ती अर्धऔपनिवेशिक मुलुकमै रहेको भन्ने खालको कार्यदिशा हो। अब पनि जनताको जनवाद, बहुदलीय जनवाद आदि, इत्यादि भन्नु पुँजीवाद नै हो। त्यसैले पनि तत्कालीन कार्यक्रमले कन्फ्युजन नै कन्फ्युजन मात्रै बोकेर ल्याएको छ,’ बैठकमा गौतमले भने, ‘विचार निर्माणका पक्षमा देशव्यापी बहसमा जानुपर्छ। प्रस्ट समाजवाद भनेर जानुपर्छ।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।