३० आश्विन २०८३, शुक्रबार

सांसदलाई ६ करोड दिने कार्यक्रम खारेजीको माग गर्दै सर्वाेच्चमा रिट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३० मंसिर । सर्वोच्च अदालतमा स्थानीय पूर्वाधार कार्यक्रम खारेज गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

प्रतिनिधिसभाका सांसद प्रकाश रसाइली स्नेही, रङ्गमती शाही र राष्ट्रियसभाका सांसद प्रकाश पन्थले आज दायर गर्नु भएको रिट निवेदनमा सांसदलाई वितरण गर्ने रकम संविधानको मर्म विपरीत भएको उल्लेख छ ।

मुलुकमा संविधान जारी भएर सङ्घीयताअनुरुप स्थानीय तहसमेत भइसकेको हुनाले संविधान विपरीत सरकारले स्थानीय पूर्वाधार कार्यक्रममार्फत सांसदलाई रु छ करोड दिने काम संविधानको मर्म विपरीत भएको निवेदनमा उल्लेख छ ।

रिट निवेदनमा सांसदहरुले कानून बनाउनुपर्नेमा रकम वितरण गर्नु र विकासमा खर्चिनुपर्ने पैसा कार्यकर्तालाई वितरण गर्नु गैरकानूनी भएको उल्लेख छ । सुनुवाइका लागि पहिलो पेशी आगामी बुधबार तोकिएको छ । –रासस