३० आश्विन २०८३, शुक्रबार

रामेछापको उमाकुण्डमा विशाल गुम्बा बन्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, ३० मंसिर । रामेछाप जिल्लाको उत्तरी भेग उमाकुण्ड गाँउपालिका वाड नं ६ झगरे खानी भन्ने ठाउँमा करोडाँै लागानीमा भव्य बौद्ध गुम्बा, बिहार शिक्षालयको निर्माण हुने भएको छ ।

२०७६ साउन ३ गते निर्माणकाय धर्मगुरु थेण्डुप रिन्पोछेले उमाकुण्ड गाँउपलिकामा वाड नं ६ स्थित झगरे खानीमा शान्ति, समृद्धि र दिगो विकासका लागि वाङ तथा प्रवचन कार्यक्रमको आयोजना गरी बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माण गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, प्रशासकीय अधिकृत इश्वरी प्रसाद सुवेदी र वाड न. ६ का वडा अध्यक्ष कृष्ण बहादुर सुनुवारको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रममा रामेछाप जिल्लाको उत्तरी भेग उमाकुण्ड, गोकुलगंगा र लिखु तामाकोशी गाँउपालिकाका हजारौँ मानिसहरुको सहभागिता रहेको थियो ।

उमाकुण्ड गाउँपालिका वडा न. ६ मा जन्मेका राजनितिज्ञ तथा पत्रकार कृष्णबहादुर तामाङ र सामाजिक क्षेत्रमा सकृय रहनु भएका कर्म छेतेन लामाको पहलमा गुम्बा, बिहार र बौद्ध शिक्षालयको निर्माण हुने भएको हो ।

निर्माणकाय धर्मगुरु थेन्डुप रिन्पोछेज्युले वाङ तथा प्रवचन र बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माण गर्ने घोषणा गर्नु भएको उक्त दिनमा विशाल झरी वर्षा भएपनि कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।

कार्यक्रममा धर्मगुरु रिन्पोछेले उमाकुण्ड गाउँपालिका वडा न. ६ झगरे खानीमा करिब चालिस रोपनी क्षेत्रफलमा भव्य बौद्ध गुम्बा, बिहार, शिक्षालय र प्रवचन दिन आउने रिन्पोछे र धर्मगुरुहरुको निम्ती विशिष्ट र साधरण गरि दुईवटा अतिथि गृहको पनि निर्माण गर्ने घोषणा गरेका थिए ।

बौद्ध गुम्बा, बिहार र शिक्षालयको निर्माण सम्पन्न गर्ने योजना सफल बानाउन गाँउपालिका र वडाका जनप्रतिनिधिहरुले आफूले गर्न सक्ने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता र घोषणा समेत गरेका थिए ।

बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माणको निम्ती त्यसै वडाका बासिन्दा गरुडसिंह तमाङले १२ रोपनी जग्गादान गरेका छन् भने बाँकी जग्गाको व्यवस्थापन गाँउपालिका र वडाका जनप्रतिनिधिहरुले उपलब्ध गराइ सकेका छन् ।

नेपाल प्राकृतिक रुपमा संसारकै धनि देश भएपनि आर्थिक रुपमा गरिब देश हो । उमाकुण्ड गापाको झगरेखानी रामेछाप जिल्लाकै बिकट र विकासका दृष्टिले समेत पछि पारिएको गाँउ हो ।

उमाकुण्ड गाउँपालिकाको झगरेखानी विकासको दृष्टिले अत्यन्तै नाजुक, राज्यले दिनु पर्ने र गर्नु पर्ने विकास निर्माणका हरेक कुरामा पछि पारिएको छ । यो ठाँउलाई भौतिक पुर्वधार तथा विकासमा मात्र नभई शिक्षा जस्तो अत्यन्तै अपरिहार्य विषयमा समेत पछि पारिएको छ ।

आर्थिक, सामाजिक, शैक्षिक, भौतिक पुर्वधारका विकास लगायत हरेक क्षेत्रमा पछि पर्दा यहाँका जनताहरुलाई धेरै पिडा बोध हुने गर्दछ । यस क्षेत्रका जनताको आर्थिक स्थिति राम्रो बनाउन सक्ने कुनै आधार नभए पछि यहाँका युवाहरु गाउँ नै खाली गरेर विदेश पलाएन हुनु पर्ने डरलाग्दो अवस्था रहेको छ ।

नेपाली भूमिमा जन्मेका भगवान बुद्धको दर्शन र बुद्ध धर्म संसारभर प्रख्यात छ । तर नेपालमा बौद्धमार्गीहरुको जनसंख्या दश प्रतिशत पनि छैन, जुन दुखद कुरा हो । नेपालमा बुद्धधर्म पछि पर्नुको थुप्रै कारणहरु छन्, ति सबै कारणहरु यहाँ उल्लेख गर्न सकिँदैन ।

अन्य धर्मलाई बौद्धमार्गीहरुले कहिल्यै सानो ठुलो भनि भेदभाव गर्दैनन् । अनेक आलोचना गर्नु भन्दा पनि बौद्ध धर्म र दर्शनको कसरी जर्गेना गर्ने र मानव उपयोगी बौद्ध दर्शनलाई कसरी सबैतिर फैलाउने मुख्य कुरा हो ।

बुद्धका दर्शन र महाज्ञानहरुलाई आम नेपाली समुदायले बुझ्ने गरी नेपाली भाषामा नसिकाउनु र नपढाउनु नै बौद्ध धर्म पछि पर्नुको मुख्य कारण हो । बाौद्ध दर्शन र महाज्ञानहरुलाई नेपाली भाषामा सिकाउने र पढाउने व्यवस्था गरेको भए सायद आज नेपालमा सत प्रतिशत नेपालीहरु बैद्धमार्गी बन्ने थिए होलान् ।

बुद्धका दर्शन र महाज्ञानहरुलाई नेपाली भाषामा नसिकाउने, नपढाउने र लुकाई छिपाई राख्ने गरेकै कारण बुद्ध जन्मेको देश नेपालका नागरिकहरुलाई बौद्धमार्गी हौँ भन्न पनि लाज लाग्ने अवस्थाको सृजना भएको छ ।

लामा नपढेका वा तिब्बती भाषा नजानेका अधिकांश नेपाली नागरिकहरुलाई बौद्ध दर्शनका पञ्चशील र अष्ठशीलको सामान्य सिद्धान्त समेत थाहा हुँदैन भने कसरी बौद्ध दर्शन र धर्मको विकास हुन्छ ? लामा नपढेका वा तिब्बती भाषा नजान्ने नेपाली बौद्धमार्गीहरुलाई बौद्ध धर्म र दर्शनको सामान्य ज्ञानमात्र थाहा पाएको देखिन्छ ।

नेपालका बौद्धमार्गीहरुलाई बौद्ध धर्म र दर्शनअनुसार गरिने जन्म, न्वारन, विवाह, मृत्यु संस्कार र सामान्य धार्मिक पुजापाठ मात्रै गर्न जानेका छन् । बुद्ध धर्मको शास्त्र त्रिपिटक नै नेपाली भाषामा छैन भने आदिवासी समुदायको भाषामा हुने कुरै भएन ।

बरु अहिले नेपालका सबै गाउँ बस्तीको आदिवासी समुदायको हातहातमा त्याहाका स्थानिय समुदायकै भाषामा बाईवल पुगेका छन् । बौद्धमार्गीहरु माथि धार्मिक अतिक्रमण भइ रहेको छ । साथै, बौद्ध तथा हिन्दु दुवै धर्म माथि धार्मिक अतिक्रमण भइ रहेको छ ।

उमाकुण्ड गाँउपलिका वडा न. ६ झगरेखानी र धर्मगुरु थेन्डुप रिन्पोछेले बौद्ध गुम्बा, बिहार र स्कुल निर्माण गर्ने घोषणा गरेकै स्थानमा बौद्ध गुम्बा, बिहार र स्कुल निर्माण भएमा त्यस क्षेत्रमा बौद्ध धर्म र दर्शनको ज्ञान व्यापक रुपमा फैलने छ ।

धर्मगुरु रिन्पोछेले बौद्ध गुम्बा, बिहार र स्कुलको निर्माण गर्ने घोषणा गर्ने क्रममा योजना सम्पन्न भएपछि त्यस गुम्बामा नियमित रुपमा धर्म गुरु र रिन्पोछेहरुबाट बौद्ध धर्म र बौद्ध दर्शनका बारेमा नियमित रुपमा प्रवचनहरु दिइनेछ ।

धर्मगुरु थेन्डुप रिन्पोछे स्वयम उपस्थित भएर हरेक ६ महिनामा एक पटक १५ दिनसम्म करिब पाँच हजार जनालई बौद्ध धर्म र दर्शनको बारेमा प्रवचन दिने घोषणा पनि गरेका छन् । धर्म गुरु रिन्पोछेले निर्माण गर्ने यस गुम्बामा बुद्ध दर्शनहरु पढाइनेछन् ।

बौद्ध दर्शनका महत्वपुर्ण कुराहरु जीवनमा लागु गर्न सिकाइने छ । बौद्ध धर्म दर्शन र ज्ञानको आम जीवनमा कस्तो महत्व छ भन्ने कुराहरु यस ठाउँका बौद्धमार्गीहरुलाई प्रवचनद्धारा सिकाईने छ ।

यस गुम्बामा थुप्रै विद्यर्थीहरुलाई पढाइने छ । बैद्ध धर्म र दर्शनको विषयमा रामेछापका मात्रै नभएर दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका जनताले समेत लाभ लिन सक्नेछन् ।

भेगीय हिसाबले उमाकुण्ड, गोकुलगंगा र लिखु तामाकोशी गाउँपालिकाका बौद्धमार्गीहरु बढी लाभान्वित हुनेछन् । देश विदेशवाट समेत उक्त बौद्ध शिक्षालयमा आइ बौद्ध दर्शन अध्ययन गर्न सक्नेछन् ।