
-महेश सिंह
सिरहा, ३० मंसिर । सप्तरी जिल्लाको खडक नगरपालिका ८ भगौल विष्णपुर बस्ने वर्ष २२ का मोहम्मद इमतियाजले अरुसँग कुराकानी गरेको शंकाको भरमा आफ्नै पत्नीलाई बुधवार निर्घात कुटपिट गरेका छन् ।
इमतियाजको विवाह समाजिक परम्परा अनुसार सिरहाको सखुवाननकारकट्टि ४ बस्ने मोहम्मद रहमुल राइनको २१ वर्षीया छोरी आयसा खातुनसँग भएको थियो ।
विवाह भएपछि ६ महिनासँगै बिताए त्यसपछि उनी वैदेशिक रोजगारका लागि गएका थिए । २ वर्ष वैदेशिक रोजगारबाट बिताएर आएपछि एक्कासी नाना थरीको लान्छना लगाइ दिनहु कुटपिट गर्न थालेको पिडित आयसा खातुनले बताइन् ।
कसैको फोन आयो कि शंका गर्ने, विवाहमा तिम्रो बुबाले के नै दिएको छ र जस्ता आरोप लगाइ दिनहुँ कुटपिट गर्ने, घर निकाला गर्ने, म अर्को विवाह गर्छु भने खालका यातना दिने गरेको पत्रकार सम्मेलनमा पिडित आयसा खातुनले भनिन् ।
उता पिडित खातुनकी बुबा मोहम्मद रहमुल राइनले यस विषयमा बुझसुझ गर्न समधियौना जाँदा सम्बन्धित नगरपालिकाका नगर प्रमुख हेमायु राइन लगायत अन्य भद्र भलादमीको रहोबरमा सहमति भयो कि हामी इमतियाजलाई सम्झाइ बुझइ दिन्छौ ।
आइन्दा यस्तो प्रकारको हुँदैन भन्ने आश्वासन दिइ पठाइएको र केही दिनमै फेरि छोरीलाई यस्तो प्रकारको निर्घात कुटपिट गरेको पत्रकार सम्मेलनमा पीडितका बुबा मोहम्मद रहमुल राइनले बताए ।
राइनले कुरा थप्दै भने मेयरसँग टेलिफोनमा कुरा गर्दा खेरी उल्टै धाक धम्कि देखाउने गरेका छन् । फोनमा धम्की दिएको रेकर्ड अहिले पनि मोबाइलमा रहेको दावी गरे । किनकि इमतियाज मेयरका आफ्नै दियादि मान्छे हो ।
यता आइसा खातुनलाई कुटपिट गर्दा सासु अजिता खातुन र ससुरा तसिलनले पनि साथ नदिएको उल्टै सासु अजिता खातुनले हप्काउने गरेको आरोप आयसाले लगाएकी छन् ।
कहाँ कहाँ जानकारी गरायौ र अब के गर्ने विचार छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै पिडित खातुनले भनिन् इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी र इलाका प्रहरी कार्यालय लहानमा निवेदन दिएका छाैँ । अब म उहाँसंग बस्दिनँ निकाहमा भएको बोल कबुलको कागजातअनुसार हामी छिनो फानो गर्ने विचारमा रहेका छौँ ।
निर्घात कुटपिटबाट घाइते बनेकी आयसा खातुनको उपचार राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा भइरहेको पिडितका बुबा मोहम्मद रहमुल राइनले बताए ।















प्रतिक्रिया