
काठमाडौं, ३० मंसिर । तीन दिनदेखि अस्तव्यस्त रहेको मौसम सोमबारदेखि सुधार हुने मौसमविद्ले बताएका छन् ।
पानी पार्ने मौसमी प्रणाली नेपालबाट बाहिरिइ सकेकाले अब कम्तीमा तीन दिन पानी र हिउँपर्ने सम्भावना नरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
तर केही ठाउँको आकाशमा सोमबार पनि बादल भने लाग्ने उहाँले बताउनु भयो । तराइका क्षेत्रमा अहिले लागेको हुस्सु पनि बिस्तारै हट्दै जाने उहाँको भनाइ छ ।
सोमबार बिहान काठमाण्डौको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।












प्रतिक्रिया