३ कार्तिक २०८३, मंगलबार

क्रिकेटमा वेस्ट इण्डिजसंग भारत पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ३० मंसिर । भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा वेस्ट इण्डिजले प्रभावशाली जित निकालेको छ । आइतबार भएको खेलमा वेस्ट इण्डिजले भारतलाई ८ विकेटले हरायो ।

चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८७ रन बनायो । भारतका लागि रिषभ पन्तले एकदिवसीय क्रिकेटको पहिलो अर्धशतक बनाउँदै ७१ रनको पारी खेले । त्यस्तै श्रेयस अय्यरले ७० रनको योगदान गरे ।

यता मध्यक्रमका ब्याट्सम्यान केदार जाधवले ४० तथा रोहित शर्माले ३६ रन बनाए । अन्तिममा रविन्द्र जडेजाले २१ रन थपे ।

वेस्ट इण्डिजको जितमा शिमरोन हेटमायर र शाई होपले शतकीय पारी खेले । सुरुवात राम्रो गर्न नसकेको वेस्ट इण्डिजका लागि होप र हेटमायरले दोस्रो विकेटका लागि कीर्तिमानी दोहोरो शतकीय साझेदारी गरे ।

होप र हेटमायर मिलेर भारतविरुद्ध दोस्रो विकेटका लागि दुई सय १८ रनको साझेदारी गरे ।

हिटमेयरले एक सय ३९ रन बनाए । जसमा उनले एक सय ६ बलमा ११ चौका र सात छक्का प्रहार गरे । त्यस्तै होपले एक सय एक रन बनाए ।