काठमाडाैं, ३० मंसिर । आइतबारका लागि डाकिएको केन्द्रीय समिति बैठक बहिष्कार गरेर वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वको शक्ति पीठ पाथिभराको दर्शन गर्न पुगेका छन् ।
सभापति शेरबहादुर देउवा शनिबार आफैं पौडेल निवास पुगेर मनाउने प्रयास गरे पनि असहमत भएका नेता पौडेल केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आइतबार परिवारसहित पाथिभरा पुगेका हुन् ।
आइतबार बिहान पौडेल पक्षका नेताद्वय प्रकाशमान सिंह र महामन्त्री डा. शशांक कोइरालाले समेत छलफल गरी आफ्नो समूहको असहमति कायम रहेका कारण बैठकमा नजाने निर्णय गरेका थिए ।
नेता पौडेलले महाधिवेशनको एजेन्डालाई सभापतिले केन्द्रीय समितिमा राख्ने अवस्था नबन्दासम्म बैठकमा सहभागी नहुने बताउँदै आएका छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया