३० आश्विन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन विराटनगरमा

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


विराटनगर, २९ मंसिर । भाषा, संस्कृति, वेशभूषा, खाद्य परिकार र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नका लागि आगामी पुस ६ र ७ गते विराटनगरमा १७औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना गरिने भएको छ ।

मैथिली एशोसिएशन नेपालका अध्यक्ष प्रवीणनारायण चौधरीले आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल, भारत र खाडी मुलुकका ३०० प्रतिनिधिको सम्मेलनमा सहभागिता हुने जानकारी दिनुभयो । सो अवसरमा मैथिली उद्यमी, मैथिली चिकित्सक, विभिन्न भाषाभाषी कवयित्रीलाई सम्मान गरिने छ ।

नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन तथा यस क्षेत्रमा रहेका धार्मिक पर्यटनस्थलहरुको समेत प्रचारप्रसार गरिने मैथिली एशोसिएशनका सल्लाहकार पङ्कज बर्माले बताउनुभयो । सम्मेलनका अवसरमा चित्रकला, विज्ञान प्रदर्शनी, खाद्य परिकार, चिकित्सक सामग्रीलगायत विभिन्न २० कक्ष राखिने उहाँले बताउनुभयो । –रासस