३० आश्विन २०८३, शुक्रबार

हिउँ पन्छाएरै उडाइयो जहाज

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

डोल्पा, २८ मंसिर । डोल्पाको जुफाल विमानस्थलमा एक दिनदेखि रोकिएको समिट एयरको जहाँज आज दिउँसो नेपालगञ्ज विमानस्थलका लागि उडेको छ ।

खराब मौसमका कारण शुक्रबारदेखि विमानस्थलमै रोकिएको समिट एयरको जहाज धावन मार्गमा जमेको बाक्लो हिउँ ट्र्याक्टर र मान्छे लगाएर पन्छाएपछि दिउँसो दुई बजे नेपालगञ्जका लागि उडेको हो ।

शुक्रबार बेलुकी भएको भारी हिमपातपछि धावनमार्गमै जमेको हिउँ बिहानैदेखि ट्र्याक्टर, एयरपोर्टका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयवासी मिलेर पन्छाए पछि जहाज उडाउन सफल भएको विमानस्थल सुरक्षा चौकी जुफालका प्रहरी नायब निरीक्षक कमल शाहले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट यात्रु बोकेर जुफाल विमानस्थलका लागि उडेको समिटको जहाज अवतरण गरेको केही समयभित्रै नेपालगञ्ज र जुफालको मौसम बिग्रेपछि धावनमार्ग मै रोकिएको थियो ।

जहाज रोकिएको केही घण्टापछि हिउँ पर्न शुरु भएपछि जहाज हिउँले सेताम्य भएको थियो । धावनमार्गमा हिउँ जमेकाले आज कुनै पनि उडान भएन ।

हिउँ पन्छाएर धावनमार्ग खाली गरिएकाले आइतबार विभिन्न विमान कम्पनीले उडान भर्ने जुफाल विमानस्थलले जनाएको छ । –रासस