
काठमाडौँ, २८ मंसिर । बारा जिल्लामा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको काम कुनै पनि बहानामा रोकिनु नहुने पर्यटन मन्त्री योगेश भट्टराईले बताएका छन् ।
शनिबार बाराका सरोकारवालाहरुसँगको भेटमा उनले सो कुरा बताएका हुन् । उनीहरुले दोस्रो अन्तर्राष्ट्रिय निर्माणमा सहयोग गर्न बारा जिल्लाबासी र सरोकारवालाहरु एकतावद्ध भएको समेत जानकारी गराएका थिए ।
सो अवसरमा मन्त्री भट्टराईले विमानस्थल मुलुकको समृद्धि, भाग्य, भविष्य र युवाहरुको रोजगारीसँग जोडिएकोले यसलाइ अगाडी बडाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्दै आगामी दिनमा समेत सहयोगको लागि आग्रह गरेको उपस्थित सहभागीले जनाए ।
भेटका अवसरमा पूर्व मन्त्री पुरुषोत्तम पौडेल, नेकपाका केन्द्रीय सदस्य अच्युत मैनाली, संविधान सभाका सदस्य जयराम दहाल, जितपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल, टागियाबस्ती सरोकार समितिका संयोजक रमेस सापकोटा, कोल्हबी सरोकार समितिका संयोजक ढुन्डिराज उप्रेती, अधिवक्त्ता रामकृष्ण काफ्ले, विकास विद ड.द्वारिका उप्रेती, नेकपाका नेताहरु रामबाबु यादव, शिव रिजाल लगायतको सहभागिता रहेको थियो ।















प्रतिक्रिया