
मकवानपुर, २८ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ ।
२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका-७ वसेरी बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ कौडोल घर भएका ४२ वर्षीय रवि खनाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खनालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।












प्रतिक्रिया