५ कार्तिक २०८३, बिहिबार

भारतमा आन्दोलन प्रभाव : विदेशी भ्रमण स्थगित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर ।  भारतले नागरिकता विधेयक पारित गरेपछि उत्पन्न विरोधसँगै कुटनीतिक दबाव पनि झेल्नु परेको छ ।

बंगलादेशका गृहमन्त्रीले हालै भारत भ्रमण स्थगित गरेका छन् । जापानी प्रधानमन्त्री सिन्जो आबेले भ्रमण स्थगित गरेसँगै बंगलादेशी गृहमन्त्री आसादुज्जमन खानले भ्रमण स्थगित गरेका हुन् ।

भारत सरकारले विवादास्पद नागरिकता विधेयक लोकसभा र राज्यसभाबाट पारित गरेपछि आसाममा आन्दोलन चर्किएको छ ।

जापानी प्रधानमन्त्रीले सोही आन्दोलनको कारण देखाउँदै आफ्नो भ्रमण स्थगित गरेका थिए । सँगै बंगलादेशले पनि स्थगित गरेको हो । बंगलादेश सरकारका प्रवक्ता शरिफ महमुद ओपुले ‘आकस्मिक कारण’ देखाउँदै भ्रमण स्थगित भएको जानकारी गराएका हुन् ।

बंगलादेशी परराष्ट्रमन्त्री एके अब्दुल मोमेनले पनि यसअघि नै भारत भ्रमण स्थगित गरेका थिए । मोमेनको भ्रमण स्थगित भएको भोलिपल्टै गृहमन्त्रीको पनि भ्रमण स्थगित भएको हो ।

नयाँदिल्लीमा उनले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने कार्यतालिका थियो ।