३० आश्विन २०८३, शुक्रबार

अशक्त बालबालिकालाई पहिलो पाइला दमककाे खाद्यन्न सहयोग

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा, २७ मंसिर । झापाको कन्काइ नगरपालिका ४ स्थित पुकार अपांग अशक्त संस्थामा रहेका १० जना अशक्त बालबालिकाहरुलाई पहिलो पाइला नेपाल दमकले विभिन्न खाद्यन्न सामाग्री सहयोग गरेको छ । संस्थाले ३ बोरा चामल खाद्यन्न सामाग्री, डाइपर, मन्जन, ब्रस लगायत सामाग्री शुक्रबार प्रदान गरेको हो ।

संस्थाले ७५ किलो चामल, ५ किलो दाल, ५ किलो चिनी, बिस्कुट, चाउचाउ, ५ लिटर तेल, डाइफर, साबुन वितरण गरिएको पहिलो पाइला दमक शाखाका अध्यक्ष छवि बास्कोटाले जनाएका छन् ।

निर्मला ओझाद्धारा सञ्चालित पुकार अपांग अशक्त आश्रम सहयोगी दाताबाट मात्र चलिरहेकोले पहिलो पाइलाले सहयोग गरेको पनि बास्कोटाले बताए ।

आवश्यक ठाउँमा विभिन्न तवरले पहिलो पाइला संस्था दमक शाखाले सहयोग गर्दै आएको छ ।