
रुकुम, २७ मंसिर । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज बिहानै देखि देशभर चिसो बढेको छ । शुक्रबार बिहानैदेखि रुकुम पश्चिम र रुकुम पूर्व दुवै जिल्लामा पानी परेपछि चिसो ह्वात्तै चिसो बढेको हाे ।
चिसो बढेसंगै रुकुमको जनजीवन प्रभावित भएको छ । पानी परेर चिसो बढेपछि शिक्षण सस्था, अस्पताल, बसपार्क, बजारलगायतका सार्वजनिक स्थलहरुमा समेत चहलपहल घटेको छ ।
पानी परेपछि भने बाली सप्रने आशामा कृषकहरु खुसी भएका छन् । गत सालको तुलनामा यसवर्ष समयमै पानी परेकोले किसानहरू अन्नबाली सप्रने आसमा खुसी भएका हुन ।
किसानले लगायका गहुबाली, तोरी, फापर, केराउ लगायतका अन्नबाली सप्रने आशा गरिएको छ । रुकुम पश्चिम र रुकुम पूर्वमा प्रयाप्त सिचाँइको सुविधा नहुँदा किसानहरु आकाशे पानीको भरमा पर्नु परेको छ ।












प्रतिक्रिया