बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

मेयर शाक्यले सल्लाह नै गर्नु हुन्न, त्यहीँबाट समस्या भयाेः हरिप्रभा खड्गी

हरिप्रभा खड्गी श्रेष्ठ, उपमेयर, काठमाडौं महानगरपालिका २०७६ मंसिर २७ गते ९:२९

हरिप्रभा खड्गी श्रेष्ठ, उपमेयर, काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका तत्कालीन एमालेका नेता एवम् मेयर विद्यासुन्दर शाक्य विवादमा आइरहन्छन् । शाक्य नेपाली कांग्रेसबाट विजयी भएकी उपमेयर हरिप्रभा खड्गीलाई मिलाएर अगाडि बढेका पनि छैनन् । शाक्य र खड्गीबीचकाे विवाद हुँदै आएकाे छ । यसै विषायमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसँग हाम्रा सहकर्मी विमल याेगीले गर्नुभएको कुराकानीको सम्पादित अंश –

मेयर विद्यासुन्दर शाक्यले अकुपाइ टुँडीखेलको काम छैन भन्नुभएको छ । तपाई टुँडीखेल बचाउन लाग्नुभएको छ । यसलाई कसरी लिनुभएको छ ?

कसले के भन्छन त्यो आ–आफ्नो विषय हुन्छ । मेयरको आफ्नो व्यक्तिगत भइना हो । टुँडीखेल तीन करोड जनताको नासो हो । मेयर साबले आफ्नो तरिकाले भन्नुभयो होला । जनताको नासोलाई जनतालाई नै दिनुपर्छ भन्ने पक्षमा म छु । वीर अस्पताल र दरबार स्कुलले टुडीखेलमा सामान भरिएको छ । ती सामानलाई हटाउन तुरुन्त निर्देशन दिन सकिन्छ । दरबार हाईस्कुल पूरा भईसकेको छ । वीर अस्पताल पनि पूरा हुने तयारीमा छ । वीर अस्पतालको ढलानको काम सबै सक्किएको छ । अब फिनिसिङको काम मात्रै बाँकी छ । ०७२ सालको भुइँचालो गएको पनि धेरै भएको छैन । भूकम्प आयो भने त्यस क्षेत्रका जनता ज्यान बचाउन कहाँ लैजाने ? खाली ठाउँ त्यही एउटा टुँडीखेल मात्रै छ । त्यसको सुरक्षा गर्नुपर्छ । हामी सबैको दायित्व हो ।

मेयर साबले टुँडीखेल बचाउन लागेका अभियन्ताहरूलाई अकुपाइ टुँडीखेलको अभियान आवश्यक छैन भनेर किन भन्नुभयो होला ?

यो उहाँको भनाइ हो । मैले त्यो कुरा बुझ्न सक्दिन ।

मेयर र उपमेयरको कुरा अहिले पनि नमिलेको हो कि ?

त्यस्तो होइन । मिल्छ । मिल्ने भनेर मेयरले मसँग सरसल्लाह गर्नु हुन्न । म आफ्नै तरिकाले जनताको सेवा गर्न हिँडिरहेको छु । जनता मसँग नै बढी सम्पर्कमा आउने भएका कारणले मेयरलाई चित्त नबुझेको हुन सक्छ । म अफिसमा दशदेखि पाँच बजेसम्म बसेर जनताको काम गर्छु । जनता मसमक्ष सजिलै सम्पर्कमा आउनु हुन्छ । अकुपाइ पनि गराउनु हुँदैन । टुँडीखेल बचाउनुपर्छ । म सोहीअनुसार अगाडि बढेको छु । टुँडीखेलको रक्षा गर्छु ।

मेयरले तपाईको अधिकार कटौती गरेर आफैले काम गर्दै आएको भन्ने कुरा भएको छ रे ? कुरा के हो ?

अँ ! एक दुई वटा मुद्धाहरू चाहिँ बाहिर आएका छन् । अदालतबाट धेरै मुद्धाहरू फर्किएका छन् । न्यायिक अधिकार समितिको क्षेत्रभित्र परेको चिज चाहिँ किन मेयरले फैसला गरेको भनेर म कहाँ कुरा आईपुगेको छ । मलाई पनि अचम्म लागेको छ । संविधानले नै तोकेर लेखेको छ । उमेयर न्यायिक समितिको संयोजक हो । उपमेयरलाई यो–यो अधिकार छ भनेर लेखेको छ । संविधानले दिएको अधिकार कटौती गर्दा मेयरलाई नै घाटा पर्छ । न्यायिक समितिको अधिकारभित्र परेको विषयलाई उपमेयरलाई नै हेर्न पठाउनुपर्ने चिजलाई मेयर आफैले हेरेर निर्णय गरियो भने मेयरलाई नै घाटा पर्ने हो नि ।

अधिकार कटौती गरिएको विषयमा मेयरसँग कुरा गर्नुभएको छैन ?

मेयरलाई भेट्न पाएको छैन । बसेर कुरा गर्न पाएको छैन । बाहिर कार्यक्रममा भेट हुन्छ । औपचारिक रुपमा कुरा भएको छैन । यस्ता कुरालाई बसेर समाधान गर्न कसरी सकिन्छ भनेर परामर्श गर्नुपर्छ । मेयरसाबले कि यस्तो कुरामा हस्तक्षेप गरेको हो ? त्यो त उहाँ आफैले सोँच्ने हो । मेयर जनताको अभिभावक पनि हो । काठमाडौं महानगरपालिकाको अभिभावक हो । उहाँले त्यो कुरा आफैले राखेर किन निर्णय गर्नुभयो मैले पनि बुझ्न पाएको छैन । टुँडीखेल, हस्तक्षेपको विषयमा मेयरसँग कुरा गर्न पाएको छैन । उहाँले पत्रपत्रिकामा यति धेरै कुरा आईरहेका छन् । उपमेयरलाई तपाईले के गर्नुभएको ? किन हस्तक्षेप गरेको छ भनेर उहाँले प्रश्न गर्नु हुन्छ । मसँग त्यो प्रश्न आजसम्म मेयरले गर्नुभएको छैन । टुँडीखेलको समस्याको बोर्धाथ मेयरलाई मैले दिएको थिएँ । म आफू नै अबलोकन गरी संयोजकको नाताले टुँडीखेलको अपकुपाइको विषयमा जनताले ज्ञापनपत्र बुझाउन आएपछि नजाने कुरा हुँदैन । आफूले प्रत्यक्ष बेदना भोगेपछि त्यहाँको समस्या भोगिन्छ । राज्यको परिवर्तन भएको छ । टुँडीखेललाई जस्ताको त्यस्तै राख्नुपर्छ ।

ठमेलको छायाँ सेन्टरले पोखरी मिचेको, बौद्ध धर्मको सम्पदा मास्ने काम भएको छ भनेर भनिएको छ नि ?

हामी जनप्रतिनिधि भएर आउनुभन्दा पहिल काम गरिसकेका कारणले छायाँ सेन्टर ठगिएको थियो । त्यसको काम पूरा भइसक्यो । अब अदालतले फैसला दिनुपर्छ । गतल तरिकाले अकुपाइमा पार्नु हुँदनै । साँचो प्रमाण हुनु पर्‍यो । छायाँ कम्प्लेक्स बनाउन त्यस बेला कसले स्वीकृति दियो ? खोजविन हुनुपर्छ । छायाँसेन्टर बन्दै गर्दा त्यस बेला जनता किन चुपलागेर बसे ? छायाँ सेन्टरको जग राख्दै गर्दा हामीले बुझे अनुसार त्यहाँ पोखरी छ । त्यहाँको कमलको फूल भगवानको कमल चढाइन्छ भन्ने कुरा सुन्नमा आएको छ । हामीले गलत कुरालाई संरक्षण गर्ने छैनौँ ।

रत्नपार्कको पुरानो बसपार्टका भ्युटावर बनाउने कुरामा तपाईको भनाइ के छ ?

भ्युटावर पुरानो बसपार्कमा गर्नु हुँदैन भनेर मैले नै भनेको हु । पुरानो बसपार्कमा भ्युटावर बनाउनुपर्छ भनेर माथिबाट आदेश आएको कुरा हुने गरेको छ । बागबजार मेरो कर्मथलो पनि हो । समयमा भ्युटावर बनाएको भए सबैलाई राम्रो हुने थियो । त्यहाँ काम गरेको देखाइएको छ । भ्युटावर बनेको पटक्कै होइन । भ्युटावरको कारणले काठमाडौं कुरुप भयो । कि बनाउनु पर्‍यो कि छाड्नु पर्‍यो । उहाँ (ठेकेदार)ले काम पूरा गर्ने कार्य गर्नुभएको छैन । यो काम गर्न लागेको वर्षौं भइसक्यो । अब हामी सबै बसेर एउटा निर्णय लिनुपर्छ । जनप्रतिनिधिहरू बसेर एउटा टुँगोमा पुर्‍याउनुपर्छ ।

काठमाडौं महानगरपालिकाभित्र र वडाहरूमा भ्रष्टाचार बढेको कुरा आएको छ । कर्मचारीले आतंक नै मच्चाएका छन् भन्छन् । राष्ट्रिय सभा गृहको आम्दानीको स्रोत पनि लुकाइएको छ । पत्रकारलाई भनिदैन । समाचार लुकाइन्छ । यसरी भ्रष्टाचार हुँदा पनि तपाईहरू किन बोल्नु हुन्न ?

हामीलाई सबै कुरा मिलाएर देखाइएको हुन्छ । हामीले थाहा पाउने गरेर महानगरपालिकाभित्र भ्रष्टाचार भएको छैन । काठमाडौं महानगरपालिकाभित्र भ्रष्टाचार छैन । हामीले भ्रष्टाचार रोक्ने प्रयास गरिहेकाे छौं । भ्रष्टाचार राेक्ने काम मेरो मात्र एक्लो प्रयासले हुँदैन । सबै मिलेर राेक्ने प्रयास गर्नुपर्छ ।

मेयरसँग तपाईको समस्या के हो ?

मेयर साबसँग खासै समस्या छैन । उहाँको सबैभन्दा ठूलो कमजोरी भनेको सरसल्लाह नगर्ने नै हो । उपमेयरसँग परामर्श गरेर अगाडि बढ्दा राम्रो हुने थियो । गर्नु हुँदैन । मेयरले निर्णय गरेको कुरा धेरै पछाडि मात्रै मलाई जानकारी हुन्छ ।

मेयरले तपाईलाई पेलेर जाँदा मेयर शाक्यको ज्यादतीको विषयमा तपाईले कहाँ जानकारी गराउनु हुन्छ ?

मैले कुरा उठाउने भनेको नगरपरिषदमा हो । बैठकमा हो । मेयरको ज्यादतीको कुरा बोर्ड बैठकमा राख्ने गरेको छ । अफिसमा बसेर मेयरविरुद्ध एक्लै कराउनु भएन ? पार्टीलाई मैले भन्नुपर्ने कुरा भनेको छ । मेयरसँग काम गर्न सजलो छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यस विषयमा कुराकानी भएको छ ।

सभापति देउवाले के भन्नुभएको छ ?

मैले सबै कुरा सभापतिलाई भनेको छु । उहाँले हेरौँला भन्नुभएको छ । सभापतिले चुप लागेर बस्ने होइन भन्नुभएको छ । नराम्रो काम भएको छ भने जनता समक्ष भण्डाफोर गर्नुपर्छ भन्नुभएको छ ।

रानीपोखरी कहिले बन्छ ? त्यसको समस्या के हो ?

रानीपोखरी बन्ने भइसकेको छ । अब दक्षजनशक्ति चाहिएको छ । रानीपोखरीमा डोजर लगाउनुहुँदैन भन्ने जनताको आवाज आइरहेको छ । अब सञ्चालन हुन्छ ।

काठमाडौंको धुलोधुँवा अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । तपाई बागबजारको मान्छे । पुतलीसडकमा वातावरण अत्यन्तै नाजुक छ । यसको समाधान कसरी गर्नु हुन्छ ?

ब्रुमरले रातभरि काम गरेको छ । दुई वटा ब्रुमरले बाटो सफा गरिरहेको मैले देखिरहेको छु । धुलो सफा गर्ने काम भएको छैन भन्न मिल्दैन । भरखरै दुई वटा ब्रुमर आएको छ । यसलाई निर्मुल पार्नको लागि सरकार मात्रै अगाडि बढेर हुँदैन । तीन वटै सरकार अगाडि बढ्नुपर्छ । काठमाडौं महानगरपालिकाभित्र ७७ वटै जिल्लाका मान्छेहरू यहीँ बसेका छन् । प्रधानमन्त्री, मन्त्री, सांसदहरू लगायत सबै यहीँ बस्ने हो । सफाइका बारेमा चताना पनि फैलाउनुपर्छ । नेपाल सरकारले नै काठमाडौं उपत्यकालाई धुलोमुक्त काठमाडौं बनाउनुपर्छ भनेको छ । सबै मिलेर सफाइमा लाग्नुपर्छ । हामीले स्थानीय सरकारलाई मात्रै दोष दिएर हुँदैन ।

नेपाली कांग्रेसले जनतालाई कर चर्को भएको छ भनेको छ । त्यसलाई घटाउनुपर्छ भनेर निर्देशन दिइसकेको छ । कर घटाउनेबारेमा के छ योजना ?

राजश्व परामर्श समिति उपेयरले नै हेर्ने हो । काठमाडौं महानगरपालिकाभित्र १२ प्रतिशत चाहिँ महानगरपालिकाले लिएको छ । नेपाल सरकारले दश प्रतिशत कर लिएको छ । करका विषयमा हामी सचेत छौँ । कर घटाएका पनि छौँ । कर १२ प्रतिशतबाट घटाएर १० प्रतिशतमा पुर्‍याएका छौँ । अब हरेक वडाको प्रोफाइल नबनाइकन काम गर्न सकिँदैन । करको दायरा फराकिलो बनाउनुर्पछ । कर कम गर्नुपर्छ । महानगरपालिकाको ९ अर्ब रुपियाँ फ्रिज भएको छ । करको विषयमा मेरो कुराको सुनुवाई भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित