३० आश्विन २०८३, शुक्रबार

एनआईसी एशिया बैंकले एसटुएम ईएफटी स्वीच प्रयोगमा ल्याउने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ मंसिर । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि एसटुएमको सेलेक्ट सिस्टम ईएफटी स्वीच प्रयोगमा ल्याउने भएको छ ।

बैंकले वुधबार एसटुएम ९सोसिएट माघ्रेबाइन डी मनीटिक लि.० मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि एक समारोहका बीच सम्झौता गरेको छ ।

बैँकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहक महानुभावहरुले स्वदेश तथा विदेशबाट कार्डबाट हुने ई-कमर्स कारोबार सहज रुपमा गर्न सक्नेछन् । सबै प्राविधिक तयारी गरी केही समयमा बैंकले यो प्रविधि संचालनमा ल्याउने छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एसटुएम मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरे । उक्त स्वीचको कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ ।

यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ४०२ एटिएम, ९४ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १९ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

त्यस्तै, वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।